काठमाडौंका मेयर बालेन शाहको दुःखमा साथ दिन को को पुगे आर्याघाटसम्म ?
काठमाडौं— काठमाडौंका मेयर बालेन शाहको दुःखमा साथ दिन केही भिआईपीहरु आर्याघाटसम्म पुगेका छन् ।
बालेनका पिता डा. रामनारायण साहको अन्त्येष्टिमा खेलकुदमन्त्री बब्लु गुप्ता, उपसभामुख इन्दिरा रानामगर, पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ, रास्वपाका नेता गणेश कार्की, विवेकशीलका मिलन पाण्डेलगायत शुभेच्छुकको उपस्थिति रहेको थियो ।
बालेनका बुवाको गएराती उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको थियो ।