मन्त्री पदबाट राजीनामा नदिई चुनाव लड्ने कुलमानको घोषणा

मंगलबार, १६ मंसिर २०८२

काठमाडौं— कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा नदिई चुनाव लड्ने घोषणा गरेका छन् ।

तीन मन्त्रालयको जिम्मेवारीमा रहेका घिसिङले राजीनामा नदिई आगामी निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

मोरङको बेलबारीमा आयोजित अन्तरक्रियामा बोल्दै कुलमानले चुनावी सरकारका धेरै मन्त्री र प्रधानमन्त्रीले यसअघि पनि चुनाव लडेको स्मरण गराउँदै आफूले राजीनामा दिन पर्ने कुनै कारण नरहेको बताएका छन् ।

उनी काठमाडौं क्षेत्रनम्बर ३ बाट चुनाव लड्ने तयारीमा छन् ।