रविसँग निर्णायक वार्ताका लागि नख्खु कारागारमा सुदन

बिहिबार, १८ मंसिर २०८२

काठमाडौं— हामी नेपालका संयोजक सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गर्ने भएका छन् ।

रविलाई भेट्न सुदनको टिम बिहीबार दिउँसो नख्खु कारागार, ललितपुर पुगेको छ ।

सुदनले आज रविको धारणा सुन्ने बताएका छन् ।

रविलाई भेट्न जानुअघि उनले सुदनले बालेन र कुलमान घिसिङको एकतापछि आफूहरूले गरेको वाचा अनुसार एकता संवादका लागि रविलाई भेट्ने बताएका थिए ।

लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि जेलमा छन् ।