ओली कुटीको निर्माण सुरु
काठमाडौं— जेनजी आन्दोलनले घरको न घाटको बनेका एमाले अध्यक्ष केपी ओलीको गुण्डुमा अलिसान बंगला बनाउने कार्य सुरु भएको छ ।
ओली कुटीको नाममा आफ्ना अध्यक्षको लागि एमाले नेता महेश बस्नेतले भक्तपुरको गुण्डुमा अलिसान बंगला बनाउन सुरु गरेका हुन् ।
बिहिबार ओली पत्नी राधिका शाक्यले कुटीको शिलान्यास गरेसंगै निर्माणको काम औपचारिक रुपमा सुरु गरिएको बस्नेतले जानकारी दिएका छन् ।