सरकारको एक निर्णयले ७७ वटै जिल्लाका सीडियोलाई आपत

सोमबार, २२ मंसिर २०८२

काठमाडौं – सरकारको एक निर्णयले ७७ वटै जिल्लाका सीडियोलाई आपत आइलागेको छ । गृह मन्त्रालयले ४५ जना जेनजी सहिदहरुको नामावली सीडिओकै कार्याकक्षमा राख्न निर्देशन दिएपछि सीडियोलाई आपत आइलागेको हो ।

गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका मध्ये ४५ जना जेनजी सुशासन योद्धाको नामावली प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राख्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त व्यवस्था गर्नेसम्बन्धी आजै मन्त्रिस्तरीय निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएकामध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरेको थियो । सहिद घोषणासम्बन्धी सूचना गत कात्तिक १७ गते नेपाल राजपत्रमा प्रकाशित भएको थियो ।