केटिएम कन्सल्टिङ विद्यार्थीको मन जित्न सफल बनेको छ : क्रिकेटर कुशल भुर्तेल
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले केटिएम कन्सल्टिङ ग्रुपले नेपाली विद्यार्थीको मन जित्दै गएको बताएका छन् । केटिएम कन्सल्टिङले आयोजना गरेको ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा सहभागी भएका भुर्तेलले केटिएम कन्सल्टिङले नेपाली विद्यार्थीको मन जित्न सफल भएको बताएका हुन् ।
केटिएम कन्सल्टिङका ब्राण्ड एमबेस्डरसमेत रहेका उनले आफूले भेटेका विद्यार्थी केटिएमको सर्भिसबाट खुशी रहेको बताए । ‘म तीन बर्षदेखि केटिएम कन्सल्टिङसँग एशोसियट छु । यहाँका सबै मेम्बर सहयोगी हुनुहुन्छ । यसअघि मैले अस्ट्रेलियाका विभिन्न ब्रान्च भ्रमण गरेको थिए ।’, उनले भने, ‘भ्रमण गर्दा कन्सल्टेन्सीले विद्यार्थीको मन जितेको पाएको छु ।’
केटिएम कन्सल्टिङका विद्यार्थीलाई भेट्न पाउँदा निकै खुशी लागेको बताउँदै उनले आगामी विश्वकप यात्रामा साथ दिन सबैलाई अनुरोधसमेत गरेका छन् ।
‘मिट एण्ड ग्रिट’ कार्यक्रममा सहभागी विद्यार्थीले कुशल भुर्तेलसँग विभिन्न खालका प्रश्नहरु सोधेका थिए । भुर्तेलले विद्यार्थीले सोधेका सबै प्रश्नको जवाफ एकदमै रमाइलो तरिकाले दिएका थिए । साथै, उनी आफैले आफ्नाबारेमा तयार पारेका प्रश्नहरुको सहि जवाफ दिने विद्यार्थीलाई पुरस्कारसमेत वितरण गरेका थिए ।
पुरस्कारमा ब्याट, जर्सी र चकलेट समावेश गरिएको थियो । व्याट र जर्सीमा उनले आफ्नो हस्ताक्षर गरेर विजेता विद्यार्थीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा सहभागी विद्यार्थीले राष्ट्रिय टिमका खेलाडीलाई भेट्न पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिएका छन् । विद्यार्थी यस्ता यस्ता अवसर लिन केटिएम कन्सल्टिङमार्फत विदेश अध्ययनको योजना बनाउन सुझावसमेत दिएका छन् ।
केटिएम कन्सल्टिङ नेपालबाट विभिन्न देशमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई सहि परामर्श दिन स्थापित संस्था हो । यसबाट अस्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका लगायतका देशमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई सहि परामर्श सेवा उपलब्ध छ । अस्ट्रेलियासहित नेपालका विभिन्न सहरमा शाखा कार्यालय रहेको कन्सल्टेन्सीमा आएल्स, पिटिईका कक्षाहरुसमेत संचालित छन् ।
