संस्थापन समूह नै इतर समूहमा परिणत हुन सक्ने ?

बुधबार, १३ साउन २०८३

ओम आचार्य

नेपाली काग्रेसमा जेन जी आन्दोलनपछि अध्यारो छायो । काग्रेस भित्र अहिले त्यो अध्यारोको कारण एक आपसलाई चिन्दैनन् र देख्दैनन् । देख्दा पनि अहिले सत्रु भावले देख्छ्न । त्यो अध्यारो अहिले काग्रेस भित्र कहाबाट आयो ? त्यो अध्यारोको प्रणेता को हो ? एउटा कुरा अध्यारोको प्रणेता जो हो, त्यो उज्यालोको पनि हो ।

जस्तो कि उज्यालोको प्रणेता सुर्य हो भने अध्यारो सुर्य अस्तपछि हुनाले त्यसलाई पनि अध्यारो कै प्रणेता मानौ । अहिले काग्रेसमा यही अवस्था विधमान छ । अहिले काग्रेसको सत्ता गगनको हातमा छ । सत्ता जोसँग हुन्छ उसैसँग अधिकार हुन्छ । अहिलेको काग्रेस भित्र छाएको अध्यारोलाई उज्यालोमा ल्याउन सक्ने भनेकै गगन हुन । काग्रेस भित्रको अध्योरोको कारण जन्मेको यो अन्तर विद्रोहलाई हटाउन उज्यालो आउन र ल्याउन जरुरी भइसकेको छ ।

अहिले सभापति गगन थापामा अर्थात संस्थापन समुह र इतर समुह दुवैको आफ्नो–आफ्नो हठ र दम्भका कारण काग्रेसभित्र अरु अध्यारो बढ्दै छ । अहिले यो हठ दम्भ अहंकारले कसैले केही जित्दैन । मै हुँ भन्ने घमण्ड छोड्नुस् । न्यायधीश जसले मृत्यु दण्डको फैसला सुनाउछ, उसको पनि मृत्यु हुन्छ । महाकलको पुजारी जसले नित्य महाकलको पुजा गर्छ, त्यसको पनि मृत्यु हुन्छ । डक्टर जसले धेरैको जीवन बचाउछ, उसको पनि मृत्यु हुन्छ । अनि यहाँ के को घमण्ड र अहंकार पालेर काग्रेस दुई फ्याक हुन खोज्दछ्न् ?

काग्रेस मिलाउने, एक ढिक्का बनाउने दायित्व र जिम्मेवारी तुलनात्मक रुपमा सबैभन्दा बढी पाटी सभापति कै हो । गगनले सुर्यको सत्ता जस्तै अध्यारोमा रहेको काग्रेसलाई उज्यालोमा ल्याउनु पर्छ । काग्रेसभित्र गगन भन्दा धेरै सिनियर र अभिभावक जस्ता नेताहरु इतर समुहमा छ्न । यिनिहरुको तुलनामा गगन उमेर र अनुभवले कनिष्ठ होलान तर यीनले उदार भावले काम गरेर काग्रेस इतर समुहलाई समेट्न सके यिनको कैर्यशैली र विद्वताले आफ्नो उचाइ बढाएर इतरसमुहका सिनियर नेताहरुकै समकक्षीमा पुग्न सक्छ्न ।

काग्रेसभित्र भारी पन देखिन थाल्ने छ । एक्लै बढन खोजे इतर समुहलाई समेट्न सकेन भने उनी झन् झन् सिखइदै जाने छन् । अहिले काग्रेसले वीपी स्मृति दिवस सस्थापन समुह र इतर समुह दुवैले अलग अलग स्थानमा मनाए । यो कार्य काग्रेसको लागि आफैमा व्यंग होइन ? गगनले यो कुरालाई कसरी हेरेका छन ? अहिलेको संस्थापन समुहबाट ठुलै समुह काग्रेसबाट पलायन हुने अवस्था सृर्जन भएको छ । यो पलायनको स्थितिको सृजना इतर समूहबाट होस् या संस्थापन समूहबाट तर यो स्थिति सृजना गर्ने सबैभन्दा बढी संस्थापन समूहबाट भएको देखिन्छ ।

विशेश अधिवेशनबाटै त्यस्तो रणनीति अख्तियार गर्दै तत्कालिन संस्थापन समूहलाई इतर समुहमा परिणत गरेका हुन । अहिले एकातिर काग्रेस इतर समूहबाट सर्वोच्च अदालतमा अन्याय भयो भन्दै पुनरावलोकनको रिट निवेदन गरेका छन । अर्को तिर साउनको अन्ततिर इतर समुहले राष्ट्रिय भेला गर्ने निर्णय गरेका छन । संस्थापन समूहले एनसी फर एनसीको राष्ट्र व्यापी कार्यक्रमको घोषणा गरेको छ । काग्रेसभित्र द्वन्द चरममा पुगेको छ । अहिले सर्वोच्चमा दिएको रिटको निवेदन काग्रेस भित्र पुन दुवै समूहमा कौतुहल जागेको छ के हुन्छ भनेर ।

अब पूर्वसभापति शेर बहादुर देउवा पनि नेपाल आउदै गरेको समचारले इतर समुहको मनोवल र उत्साह एकएक बढेको छ । संस्थापन समूहमा देउवाको आगमन र सर्वोच्चको पुनरावलोकनको रिटले मलिन र हारेको जस्तो महशुस गरेको कुरा संस्थापन भित्रकै उच्च नेताहरुको अनुहारबाट देखिदैछ । अहिले पनि केही विग्रेको छैन । सभापति गगनले इतर समुहलाइ समेट्न सके भने संस्थान समुह र इतर समूहसमेत यही काग्रेसभित्र रहन सक्ने राजनीतिक विश्लेषकहरुको भनाई छ । अन्यथा भोली उत्पन्न हुने परिस्थितिमा संस्थापन समूहमा रहेका धेरै जसो नेताहरु अपठ्यारोमा पर्न सक्छ्न । जस्तो अहिले इतर समूह अपठ्यारोमा छ ।

(आचार्च नेपाली कांग्रेस मोरङका सल्लाहाकार हुन ।)