निर्मल पुर्जाको मृत्युले बेलायती युवराज विलियम शोकमा

आइतबार, १७ साउन २०८३

काठमाडौँ – पाकिस्तानको ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परी निधन भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाप्रति बेलायतका युवराज विलियमले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।सामाजिक सञ्जाल एक्स मार्फत श्रद्धाञ्जली व्यक्त गर्दै युवराज विलियमले निर्मल पुर्जाको निधनले आफू अत्यन्त दुःखी भएको बताएका छन्। उनले ब्रड पिक हिमपहिरोमा ज्यान गुमाउने अन्य आरोहीहरूप्रति पनि समवेदना व्यक्त गरेका छन्।

युवराज विलियमले आफ्नो सन्देशमा लेखेका छन्, “ब्रड पिकमा भएको हिमपहिरोमा निर्मल पुर्जा र अन्य आरोहीको दुःखद निधनको खबरले म अत्यन्त दुःखी भएको छु। निम्सले बेलायती सशस्त्र बलमा उत्कृष्ट सेवा गरेपछि विश्वकै महान् पर्वतारोहीमध्ये एकका रूपमा आफूलाई स्थापित गर्नुभयो। उहाँले नेपाली पर्वतारोहीलाई विश्वमञ्चमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्नुभयो।”

उनले निर्मल पुर्जाको असम्भवजस्तो देखिने लक्ष्यलाई निरन्तर पछ्याउने साहस, विनम्रता र निस्वार्थ भावना नै उनलाई अरूभन्दा फरक र अद्वितीय बनाउने गुण भएको उल्लेख गरेका छन्। साथै, उनले शोकसन्तप्त परिवार तथा दुर्घटनामा ज्यान गुमाउने सबै आरोहीका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

निर्मल पुर्जाले १६ वर्ष बेलायती सेनामा सेवा गरेका थिए। उनी ब्रिटिस आर्मीको गोरखा रेजिमेन्ट हुँदै रोयल मरीनको स्पेशल बोट सर्भिस ९क्द्यक्० सम्म पुगेका थिए। त्यसपछि पर्वतारोहणमा सक्रिय बनेका उनले सन् २०१९ मा विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। उनको जीवनयात्रामा आधारित नेटफ्लिक्सको चर्चित वृत्तचित्र ‘ज्ञद्ध एभबपकस् ल्यतजष्लन क्ष्क क्ष्mउयककष्दभि’ ले उनलाई विश्वभर परिचित बनाएको थियो।

निर्मल पुर्जाले सह–स्थापना गरेको एलिट एक्सपिडले शनिबार विज्ञप्ति जारी गर्दै ब्रड पिक हिमपहिरोमा उनको निधन भएको पुष्टि गरेको थियो। कम्पनीले उनका विश्वस्त आरोहण सहयात्री पुरबहादुर गुरुङ ९युक्ता० र निमा शेर्पाको पनि दुर्घटनामा निधन भएको जनाएको छ।

पाकिस्तानको अल्पाइन क्लबका अनुसार ब्रड पिक दुर्घटनामा बेपत्ता भएका १० जना आरोहीमध्ये कोही पनि जीवित फेला परेका छैनन्। खोजी अभियानका क्रममा सुरुमा फेला परेका चार शवमध्ये ओमानकी नाधिरा अल हार्थी र नेपालका पुरबहादुर गुरुङको पहिचान गरिएको थियो। निर्मल पुर्जाको निधनपछि नेपाल मात्र होइन, विश्वभरका राष्ट्र प्रमुख, पर्वतारोही, खेलकर्मी तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थाले उनलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।