कविता : देश भनेको सरकार हो !

सोमबार, १८ साउन २०८३

लखेक विश्लेषण ओम आचार्य

ओम आचार्य

देश भनेको
सार्वभौम हुनु मात्रै होइन
देश भनेको
भुगोल हुनु मात्रै पनि होइन

दुइ देशबिच
युद्ध देखेका छौं
के देश आफै यद्ध गर्छ ?
यद्ध त देशको सेनाले गर्छ !
सेना नै देश हो !

देश कहिले काँही
जन विद्रोहमा पर्छ
कहीले काँही
देशमा जन विप्लव हुन्छ
त्यो देशविरुद्ध हुदै होइन
त्यो सरकारविरुद्ध हो
सरकार नै देश हो
सरकार नै राज्य हो

सरकार कहिले काँही
व्यक्ति
कहिले काँही
जनताविरुद्ध लाग्छ

सरकारविरुद्ध कहिले काँकी
द्वन्द हुन्छ
र छिमेकी देशले भन्छ
त्यो द्वन्द्व ग्रस्त देश !

भ्रष्टाचार कसले गर्छ ?
भष्ट्रचार त सरकारले
त्यसका मातहाका निकायले गर्छ

अन्य देशले
त्यो देशलाई भ्रष्टचारको सूचीमा राख्छन

देशको आफ्नो भुगोल हुनु मात्रै पनि देश होइन
देशको आफ्नो सेना प्रहरी हुनु मात्रै पनि देश होइन
देशको आफ्नो जनता हुनु मात्रै पनि देश होइन
देश हुनु त आफ्नो सरकार होस,
पूर्ण सार्वभौमको सरकार होस्
र मात्रै देश हो
र त्यस्तो देशको
देश अनुभव गर्न सकेको छैनौं !
सुखद अनुभूति गर्न सकेको छैनौं ।