जेनजी आन्दोलनमा भागेका लागू औषध कारोबारी पक्राउ

आइतबार, २४ साउन २०८३

धरान – जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट भागेका एक फरार अभियुक्तलाई इलाका प्रहर कार्यालय धरानले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी भिषण बावु राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं ०९ का ३५ वर्षीया भुपाल राईलाई पक्राउ गरेको हो ।

राईलाई राती ११ः५० बजेट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट भागेका थिए । लागू औषध मुद्दाका थुनुवा भुपाल राईलाई खोजतलास गर्ने क्रममा सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ११ सगरमाथा टोलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भिषण बावु राईले बताएका छन् ।

उनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा ल्याई झुम्का कारागार पठाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरी सूचना अधिकारी डिएसपी चन्द्र बहादुर खड्काले बताएका छन् । कारागारबाट भोगका उनी लामो समय भारतमा लुकिछिपी बसेका थिए । नेपाल आइ लुकेर बसेको सूचनापछि डिएसपी भिषण बावु राईको विशेष सक्रियतामा प्रहरीले मध्यराती उनलाई पक्राउ गरेको हो ।