‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३’ खारेज
काठमाडौं – सरकारले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ खारेज गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्रीस्तरिय निर्णयबाट निर्देशिका खारेज गरेको हो ।
शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ कार्यायन्वयनमा आएको बताउँदै नियमावली कार्यान्वयनमा द्विविधा उत्पन्ननहोस् भनी मन्त्रीस्तरिय निर्णयबाट शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ खारेज गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालय अन्तरगतको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाले सूचना निकाल्दै निर्देशिका खारेज भएको जनाएको छ । ‘नेपाल सरकारबाट स्वीकृत भई शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ मिति २०८३ साल असार २५ गतेको राजपत्रमा प्रकशन भई कार्यान्वयनमा आइसकेकाले नियमावली कार्यान्वयनमा द्विविधा उत्पन्ननहोस् भनी शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ मिति २०८३ साउन १८ को माननीय मन्त्रीस्तरीय निर्णयबाट खारेज गरिएको बेहोरा सम्बन्धित सवैमा सूचित गरिएको छ ।’, शाखा प्रमुख तथा उपसचिव सेमन्त कोइरालाद्वारा जारी सूचनामा भनिएको छ । हस्ताक्षरित सूचनामा भनिएको छ ।
