लघु चलचित्र ‘आश्रम’ र ‘कति बस्छौ माइतीघर’ भिडियोको प्रिमियर शो सम्पन्न
काठमाडौं – लघु चलचित्र ‘आश्रम’ र मर्मस्पर्शी गीत ‘कति बस्छौ माइतीघर’को म्युजिक भिडियोको प्रिमियर शो काठमाडौंस्थित जय नेपाल हलमा सम्पन्न भएको छ । गीतकार तथा निर्माता इन्द्र खड्गीको अध्यक्षता तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित उक्त विशेष समारोहमा नेपाली कला क्षेत्रका दिग्गज व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन पत्रकार धनराज वास्तविकले गरेका थिए । उद्घाटन सत्रमा अध्यक्ष इन्द्र खड्गी, प्रमुख अतिथि मदनदास श्रेष्ठ तथा विशिष्ट अतिथिहरूले संयुक्त रूपमा दीप प्रज्ज्वलन गरी प्रिमियर शोको शुभारम्भ गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य गायक तथा संगीतकार किशोर कुमार शाहीले राखेका थिए भने अतिथिहरूलाई निरू बुढा मगर, चाँदनी र लक्ष्मी खड्गीले खादा तथा माला लगाएर सम्मान व्यक्त गरेका थिए ।
समारोहमा चलचित्र कलाकार संघका अध्यक्ष तथा वरिष्ठ कलाकार उत्तम केसी, वरिष्ठ लेखक, निर्देशक एवं विश्लेषक प्रकाश सायमी, वरिष्ठ नायक धिरेन शाक्य, वरिष्ठ कलाकारहरू रविन्द्र खड्का, कृष्ण मल्ल, निर्देशक तथा वरिष्ठ सिनेमा पत्रकार विजयरत्न असंबरे, भक्तपुर इन्टरनेशनल हस्पिटलका उपाध्यक्ष अशोक कुमार श्रेष्ठ, सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी बानेश्वर शाखाका म्यानेजर पेन्द्र थापा र ललितपुर महानगरपालिका– १९ का वडाध्यक्ष निर्मलरत्न शाक्य विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
यसैगरी, प्रिमियर शोमा वरिष्ठ कलाकार एवं निर्देशक जय किशन बस्नेत, वरिष्ठ कलाकारहरू शीतल केसी, शर्मिला मल्ल, लक्ष्मी गिरी, पल्पसा डंगोल, मञ्जु श्रेष्ठ, गोपाल ढकाल ‘छन्देु’ द्वन्द्व निर्देशक नारायण प्रधान, डा। घनश्याम खतिवडा, अमर ओली, निर्देशक तथा कलाकार नमराज दुरा वैद्य, द्वन्द्व निर्देशक रमेश क्यापछाकी, कृष्ण भट्टराई, दिनेश ठकुरी, निर्देशक सुवास गौतम, समाजसेवी कमला परियार, कमल कुमार शर्मा, निर्माता एवं निर्देशक जीवन थापाको उपस्थिति रहेको थियो ।
त्यसैगरी निर्देशक मदन ताम्राकार, निर्देशक पवन जोशी, रामकृष्ण खड्गी, किशोर घिमिरे, निर्देशक राजेन्द्र केसी ‘राजू’, अधिवक्ता विक्रम थापा, गायिका तथा समाजसेवी सरिता महर्जन, भक्तपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रोशनी धौभञ्जा, अनिल बुलेट, संगीतकार राजू शाही, संगीत संयोजक रमेश सेन्चुरी, गायिका श्रद्धा दियाली, सरोज शाही, निरञ्जन केसी, कलाकार अमिर शाही, समाजसेवी सुन्दर श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
त्यस्तै आर्मी इन्टरटेनमेन्ट सल्लाहकार राजेन्द्र शाही, दीपावली पुस्तकालयका अध्यक्ष दशराम खड्गी, झिं गु टोखा खड्गी समाजका अध्यक्ष विसला श्रेष्ठ र सुमन बैरागीको उपस्थिति रहेको थियो । मिडियातर्फ टिभी टुडे, म्युजिक खबरका प्रतिनिधिसहित राजु बोहोरा, बाबुराम सिग्देल, प्रकाश बराइली लगायतका पत्रकारहरूको सहभागिता रहेको थियो । प्रिमियर शोमा प्रदर्शन गरिएको लघु चलचित्र ‘आश्रम’को निर्देशन नरेन्द्र बहादुर धामीले गरेका हुन् भने निर्माता तथा कलाकार देवकुमारी खड्गी रहेकी छन् । उक्त चलचित्रमा मुख्य नायकको भूमिका विजय केसी र नायिकाको भूमिकामा निरू बुढा मगर, सत्यदेवी थापा र चाँदनी रहेका छन् ।
अतिथि कलाकारको रूपमा शेरबहादुर डिसी र दीपक कपालीले अभिनय गरेका छन् भने बाल कलाकारमा युवराज श्रेष्ठ र रुहान शाक्य रहेका छन् । यस लघु चलचित्रमा भरत परियार र श्रद्धा दियालीको स्वर तथा भरत परियारको संगीत रहेको छ । चलचित्रको छायांकन निमेषजंग कार्की, संगीत संयोजन रमेश सेन्चुरी, मेकअप उमिषा पाण्डे र प्रकाश व्यवस्थापन सुमन ढुंगानाले गरेका हुन् ।त्यस्तै, समारोहमा सार्वजनिक गरिएको म्युजिक भिडियो ‘कति बस्छौ माइतीघर’ इन्द्र खड्गीको रचना, किशोरकुमार शाहीको संगीत र देवकुमारी खड्गीको स्वरमा तयार भएको हो । यस गीतको मिक्सिङ सुमन कपाली, कोरियोग्राफी राजन शाही र निर्देशन रविन्द्र शाहीले गरेका हुन् भने अभिनयमा अभिषेक श्रेष्ठ र श्रीतिका श्रेष्ठ प्रस्तुत भएका छन् ।
प्रिमियर शो पछि आयोजित मन्तव्य क्रममा निर्देशकद्वय नरेन्द्र बहादुर धामी र रविन्द्र शाहीले आ–आफ्नो सिर्जनाबारे प्रकाश पारेका थिए । त्यसैगरी उत्तम केसी, प्रकाश सायमी, कृष्ण मल्ल, रविन्द्र खड्का र धिरेन शाक्यले ३ मिनेटभित्र संक्षिप्त मन्तव्य राख्दै कला क्षेत्रमा देखिएका विकृति र चुनौतीका बाबजुद यस्ता जीवन्त कृति निर्माण गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको अन्तिम चरणमा ‘आश्रम’ र ‘कति बस्छौ माइतीघर’का सम्पूर्ण कलाकार, प्राविधिक, अतिथि तथा उपस्थित पत्रकारहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।