यी हुन कोरोना जितेका २१ बर्षिय युवा
धनगढी – कैलालीका कोरोना संक्रमित एक जना युवा आज अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक १६ दिन अस्पताल बसेपछि उनी कोरोनालाई जितेर घर फर्किएका हुन्।
भारतबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो। दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए।
उनी कैलालीको गौरीफन्टा नाका भएर घर फर्किएका थिए। नेपालमा कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुने उनी चौथो व्यक्ति हुन ।
यसअघि स्वास्थ्य मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा पनि यसबारे जानकारी गराइएको थियो।
योसँगै नेपालमा कोरोना संक्रमण भएर पनि निको भएर घर फर्कनेको संख्या ४ पुगेको छ भने ३१ जना संक्रमित भएका छन्। अब २७ जनाले देशका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्।