प्रधानमन्त्रीले भने, ‘लकडाउन लम्बिन सक्छ’
काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले लकडान केही समय लम्विने संकेत गरेका छन । सांसदहरुसंगको व्रिफिङका क्रममा प्रधानमन्त्री ओलीले सांसदहरुलाई लकडाउन लम्विने बताएका हुन ।
ब्रिफिङका क्रममा प्रधानमन्त्री ओलीले तत्काल भारतसँगको नाका खुल्ने सम्भावनासमेत नरहेको बताए। ‘भारतसँगको नाका खुल्ने कुरै छैन। देशभित्र लकडाउन लम्बिनसक्छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने ।
नेकपा अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड) र प्रधानमन्त्री ओलीले प्रदेश–प्रदेशका सांसदलाई फरक–फरक समयमा बोलाएर विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरिरहेका छन्।