एमसीसी पास गर्न अध्यादेश ल्याएको खुलासा
काठमाडौं – अमेरिकी सरकारले ल्याएको मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) पास गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको बुझिएको छ । करिव ५६ अर्वको उक्त परियोजना नेपालमा जसरी पनि लागु गर्न पर्ने दवावमा रहेका प्रधानमन्त्री ओलीले अध्यादेश मार्फत पार्टी फुटाएर दुई तिहाई पुर्याउन खोजेका हुन ।
नेपाली काँग्रेसले पनि साथ नदिएमा वा आफ्नै पार्टी भित्रको गुटले साथ नदिदा पनि एमसीसी पास गर्न सजिलो होस भनेर आफू सुरक्षित हुनका लागि अध्यादेश ल्याएको नेकपाकै एक नेताको भनाइ छ । एमसीसी पास गर्नका लागि संसदमा रहेको विद्यमान सदस्य संख्थाको दुई तिहाई आवश्यक पर्दछ । अहिले प्रतिनिधि सभामा २७२ जना सांसद रहेका छन । त्यसको दुई तिहाई पुर्याउन करिव १८१ जना सांसदको आबश्यकता पर्छ ।
अहिले सत्तारुढ नेकपामा १७२ जना सांसद छन । त्यसमा दुई जना स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन गरका छन । सरकारलाई दुई तिहाई पुर्याउन अव ७ जना सांसदको आवश्यक पर्दछ ।
त्यसमा समाजबादी पार्टीलाई फुटाएको खण्डमा स्पष्ट बहुमत पुग्ने र काँग्रेसलाई समेत गुहार्न आवश्यक नभएकाले चोर बाटोबाट अध्यादेश आएको हो । काँगेसले राजनीतिक नियुक्तिमा भागभण्डा खोजेकाले अध्यादेशको अस्त्र प्रयोग गरेर एमसीसी पास गर्ने लाइनमा प्रधानमन्त्री ओली पुगेका हुन ।
समाजबादी पार्टी फुटाउन मन्त्री पद दिनेदेखि आर्थिक चलखेल गरेर अमेरिकी गुप्तचर संस्था सीआइएले भुमिका खेलेको समाजबादी पार्टीका नेताको आरोप छ । सीआइएले करोडौं रुपैयाँमा आफ्ना सांसदहरुकिनेको समाजबादी पार्टीका एक नेताको आरोप छ ।