होटलबाट भागे समाजबादी पार्टी नेता यादव

बिहिबार, ११ बैशाख २०७७

काठमाडौं – पार्टी फुटाउन ‘अपहरण’ को शैलीमा जनकपुरबाट काठमाडौं ल्याइएका सांसद डा. सुरेन्द्र यादव होटलबाट भागेर समाजवादी पार्टीको सम्पर्कमा पुगेका छन् ।

बुधबार साँझ पूर्वस्वास्थ्य राज्यमन्त्री डा. यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा अपहरण गरेको समाजवादी पार्टीले आरोप लगाएको थियो ।

डा. यादवलाई नेकपा सांसद महेश बस्नेत र किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको टोली राति ३ बजे काठमाडौं ल्याइपुर्‍याएको पाण्डेले बताए ।

राति काठमाडौं ल्याइएका यादवसँगै समाजवादी पार्टीका केही सांसदलाई नक्शालस्थित मेरियट होटलमा राखिएको समाजवादी पार्टीको भनाइ छ । तर डा. यादव बिहीबार विहानै होटलबाट बाहिर निस्कन सफल भएको र पार्टीको सम्पर्कमा आएको सांसद यादव पार्टीको सम्पर्कमा आइपुगेको समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले बताए ।

यादवले घटनाबारे थप केही बताउन मानेका छैनन् । उनी आफूलाई काठमाडौं ल्याउने मानिसहरुबाट डराइरहेका छन् ।