अपहरणको मुद्दा दर्ता गर्न प्रहरी कार्यालय पुगे डा. बाबुराम भट्टराई
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका छन् ।
सांसद एवं पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादवसँगै जनता समाजबादी पार्टीका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायत टेकु पुगेका हुन् ।
परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवाली कार्यालयमा छैनन् । जसपाका नेताहरुले एसपी सोमेन्द्र राठोरसँग कुराकानी गरिरहेका छन् । तर जाहेरी दर्ता भएको छैन ।