लकडाउनको वेलामा पनि कोरियामा कामदार पठाउने सरकारको निर्णय
काठमाडौं – सरकारले ईपीएस परिक्षा पास गरेर बसेका युवाहरुलाई दक्षिण कोरिया पठाउने भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले दुई देशको आपसी सहमतिमा कामदार पठाउने निर्णय गरेको हो ।
सरकारले अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३० सम्म अवागमन रोक्ने निर्णय गरेको छ ।
आइतबारै बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख २५ गतेसम्म लम्ब्याउने र अन्तर्राष्ट्रिय सीमा नाका वैशाख ३० गतेसम्म बन्द गर्ने निर्णयसमेत गरेको छ ।