हिरासतबाट छुटे पूर्वसचिव उपाध्याय, भने ‘प्रधानमन्त्री ओली सच्चिनुपर्छ’

सोमबार, १५ बैशाख २०७७

काठमाडौं – फेसबुकमा स्टाटस लेखेका कारण पक्राउ परेका पूर्वसचिव भीम उपाध्याय सोमबार २५ हजार धरौटी तिरेर रिहा भएका छन् । उनीमाथि सामाजिक सञ्जालमा जथामावी लेखेर साइबर कानून उल्लंघन गरेको आरोप छ ।

हिरासतबाट छुटेपछि उपाध्यायले आफ्नो गिरफ्तारी लोकतन्त्रमाथि प्रहार भएको बताए । उपाध्यायले प्रधानमन्त्रीको स्वास्थ्य लक्षित टिप्पणीहरुको प्रतिरक्षा गरेका छन् ।

आफूले सरकारविरुद्ध खबरदारी गरेको र भविश्यमा पनि गरिरहने उनको भनाइ छ । लोकतन्त्रका लागि लडेका प्रधानमन्त्रीले लोकतन्त्रमा उत्ताउलो भएको भन्दै सच्चिन आग्रह गरे ।