ज्ञानेन्द्र शाहीको लहलहैमा लागेर सिडियोलाई थर्काउनेहरु खोज्दै प्रहरी
ललितपुर – हाम्रो नेपाल, हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाहीको लहलहैमा लागेर ललितपुरका सिडियोलाई थर्काउनेहरु प्रहरीको अनुसन्धानमा तानिएका छन् ।
फोन, मेसेज, भाइबर लगायतबाट देश विदेशबाट धम्की दिनेहरुलाई प्रहरीले पक्राउ गर्दै अनुसन्धान थालेको ललितपुर प्रहरीले बताएको छ ।
लकडाउनका बेला जथाभावी राहत नबाड्न सिडियो भगीरथ पाण्डेयले निर्देशन दिएका थिए । ज्ञानेन्द्र शाहीले राहत वितरणमा सिडियोले अवरोध गरेको भन्दै विज्ञप्ति प्रकाशन र भिडियो सार्वजनिक गरेका थिए ।
सो सन्देशका आधारमा सिडियोलाई नै थर्काउनेहरु, धम्की दिन, अपशब्द गालीगलौज गर्नेहरुलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको ललितपुर प्रहरीका एक अनुसन्धान अधिकृतले जानकारी दिए ।
दिनदिनैजसो धम्क्याउनेहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।