क्वारेन्टाइनमा बसेका विप्लवका पूर्वकेन्द्रीय सदस्य पक्राउ, विप्लवको आपत्ति (विज्ञप्तिसहित)

बिहिबार, १८ बैशाख २०७७

सुर्खेत – प्रहरीले प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता बालाराम सुनार (हिमाल) लाई प्रहरीले पक्राउ गरेको छ ।

लकडाउनको समयमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको घरमै होम क्वारेन्टाइनमा बसिरहेका सुनारलाई प्रहरीले विहिबार बिहान पक्राउ गरेको हो ।

उनी विप्लव नेतृत्वको नेकपाका पूर्व केन्द्रीय सदस्य हुन । सुनार पक्राउ परेपछि नेकपा भेरी कर्णाली व्युरोले आपति जनाउँदै तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ । भेरि कर्णाली व्युरो इन्चार्ज रविद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वभर कोरोना भाइरसले आक्रान्त बनको वेलामा आफ्नै घरमा लकडानको पालना गर्दै होन क्वारेन्टाइनमा बसेका बालाराम सुनार (हिमाल)लाई विनाकारण फाँसिबादी दानविय सैलीमा गिरप्तार गरेको हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी भेरी कर्णाली व्युरो घोर निन्दा एवम् भत्र्सना गर्दछ ।’

रविले विज्ञप्ति मार्फत बन्दुकको शक्ति लामो समय टिक्न नसक्ने भन्दै बन्दुकको बल नदेखाउन सरकारलाई चेतावनी सकेत दिएका छन । हेर्नुहोस् पुरा विज्ञप्ति