लालबन्दीमा हावाहुरीले फेरी पनि मच्चायो वितण्डा, स्थानिय सरकार मौन

शुक्रबार, १९ बैशाख २०७७

लालबन्दी – गए राती आएको हावाहुरीले सर्लाहीको लालबन्दीका केही घरको छाना उडाएको छ । हावाहुरीले लालबन्दी नगरपालिकाको वडा नम्बर १६ परवानीपुर, तिनघरेका निरज गंदाली र राम कुमार थापाको घरको छाना उडाएको हो ।

सोही ठाउँका अन्य १० घरमा पनि क्षति पुगेको छ । विहिबार राति करिब २ बजे तिर आएको हावाहुरी सहितको पानीले घरमा क्षति पुर्याएको स्थानियले बताएका छन ।

यसअघि पनि लालबन्दीमा हावाहुरीले दुई दर्जन बढि घरमा क्षति पुर्याएको थिया । हावाहरीले प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले राहत वितरण गरेको थियो । तर नगरपालिकाले आफ्ना नागरिकको बारेमा कुनै पनि चासो लिएको छैन ।

विपतमा नगरपालिकाले विशेष पहल कदमी लिनपर्ने बेलामा नगरपालिकाका मेयरदेखि जनप्रतिनिधिहरु वेखवर बनेको स्थानियले बताएका छन ।