सरकारलाई काँग्रेस युवा नेता नैनसिंह महरका ७ सुझाव

शनिबार, २० बैशाख २०७७

काठमाडौं – काँग्रेस युवा नेता एवम् नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले कोरोनाले शैक्षिक क्षेत्र निकै प्रभावित बनेको भन्दै यसतर्फ सरकारलाई गम्भीर हुन सुझाव दिएका छन्।

शनिबार नेता महरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत शैक्षिक क्रियाकलापबारे ७ बुँदे सुझाव दिएका हन् ।

यस्ता छन् महरका सात सुझाव

१) भर्चुअल कक्षाका लागि निशुल्क इन्टरनेटको व्यवस्था गर्नु पर्दछ।

२) कक्षा १० को परिक्षा सम्बन्धित विद्यालयमा लिने वा सोही विद्यालयले परिक्षा लिने र नतिजा प्रकाशनसम्मको अधिकार पाउनु पर्दछ।

३) कक्षा ११ को परिक्षा लिने र नतिजा प्रकाशन गर्ने लगायतको सबै जिम्मेवारी सम्बन्धित विद्यालयलाई दिनु पर्दछ।

४) कक्षा १२ को परिक्षा सम्वन्धित विद्यालयमै लिने वा पुरानै अनुसार सञ्चालन गर्ने प्रवन्ध मिलाउनु पर्दछ।

५) विद्युत र इन्टरनेट नभएको ठाउँमा घुम्ती कक्षा सञ्चालन गर्नु पर्दछ।

६) विद्यार्थीको पढाई र सिकाइको बारेमा सञ्चार माध्यम र सबै प्रकारका फोनहरूमा अभिभावकको जिम्मेवारी बारेका सूचना मुलक सन्देश दिनु पर्दछ।

७) शिक्षित अभिभावकलाई घरमै कक्षा लिन अनुरोध गर्नु पर्दछ।