सकियो नेकपा सचिवालय बैठक, के के भए निर्णय ?
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकप) को सचिवालय बैठक सकिएको छ । बैठकले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ ।
शनिबार राति सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी बैशाख २५ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
त्यसअघि वैशाख २४ गते स्थायी कमिटी बैठकको लागि आवश्यक तयारीका लागि सचिवालय बैठक बोलाइएको पनि बताए । सचिवालय बैठकले स्थायी समिति बैठकको एजेण्डा तय गर्नेछ ।
यसअघि नेकपाभित्र विवाद बढ्दै गएपछि स्थायी समितिको बैठक बोलाउन पार्टीमा दवाव बढेको थियो । पार्टीका २० स्थायी समिति सदस्यले त्यसका लागि अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई पत्र समेत बुझाएका थिए ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको छ ।