६ जिल्लाका प्रहरी प्रमुख फेरिए, को कहाँ ? सूचीसहित
काठमाडौं – प्रहरी प्रधान कार्यालयले ६ जिल्लामा प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । ती जिल्लामा कार्यरत एसपी बढुवा भएपछि रिक्त पदमा काज सरुवा गरिएको हो ।
सरुवाअनुसार सुनसरीमा कमल थापा, बर्दियामा केदार रजौरे, नवलपरासी (पश्चिम)मा अजय केसी, बाग्लुङमा शारदा चौधरी, दाङमा गणेश चन्द र कैलालीमा अनुपमशमशेर जबरालाई पठाइएको छ ।
सुनसरीका यज्ञविनोद पोखरेल, बर्दियाका राजेश बाँस्तोला, नवलपरासी (पश्चिम)का लालमणि आचार्य, दाङका अजय भट्टराई, बाग्लुङका नवराज भट्ट तथा कैलालीका सुदीप गिरी एसएसपीमा बढुवा भएपछि ती जिल्लामा एसपीको दरबन्दी रिक्त भएको थियो ।