नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो

आइतबार, २१ बैशाख २०७७

काठमाडौं – नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालका कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार पछिल्लो समय भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसमध्ये १६ जना निको भएर घर फर्कि सकेका छन । फर फर्केका २ जनामा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि पुन अस्पताल भर्ना गरिएको छ ।