लकडाउन झन कडा बनाउन प्रधानमन्त्रीले दिए ठाडो निर्देशन

सोमबार, २२ बैशाख २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभर जारी लकडाउन झन कडा गर्न निर्देशन दिएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाभाइरस संक्रमण नियन्त्रणमा रहेको उल्लेख गर्दै पछिल्लो समय लकडाउनको उल्लंघनको घटना बढेको जनाए ।

उनले लकडाउन रहेको कारणले नै कोरोनाले भयावह स्थिति हुन नपाएको बताउँदै गृहमन्त्रीलाई लकडाउन झन कडा बनाउन निर्देशन दिएका छन् ।

चैत ११ गतेदेखि जारी लकडाउनको आज ४२ औँ दिन भइसकेको छ । पछिल्लो समय थप गरेको समयावधि वैशाख २५ गते सकिँदैछ । सरकारले अब लकडाउन बढाउला कि नबढाउला वा खुकुलो गर्ला आम जनचासोको विषय बनेको छ ।