कति छ गर्भनर महाप्रसाद अधिकारीको सम्पति ? हेर्नुहोस् सबैलाई चकित पार्ने विवरण

मंगलबार, २३ बैशाख २०७७

काठमाडौ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाममा अर्बो सम्पति देखिएको छ । गर्भनर अधिकारीले राष्ट्र बैंकको बेभसाईट मार्फत सार्वजनिक गरेको सम्पति बिवरण अनुसार उनको बिभिन्न ठाउँमा जग्गाजमिन, सुनचाँदी, बिभिन्न बैंकहरुमा रहेको सेयर, निक्षेप रकम एवं परिवारका बिभिन्न सदस्यहरुको नाउँमा रहेको रकमसमेत जोडेर उक्त परिमाणमा सम्पति देखिएको हो ।

नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनरबाट अवकाश पाएका अधिकारी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत समेत रहेका थिए । सो पश्चात पुन यही चैत २४ गर्भनर पदमा नियुक्त भएका अधिकारीले आफ्नो सम्पती बिवरण सार्वजनिक गरेका हुन । बिवरण अनुसार अधिकारीको १० ठाउँमा जग्गा रहेको छ ।

कतै आफ्नो तथा कतै श्रीमती सरिता अधिकारीको नाममा जग्गा किनेर राखेको उनको सम्पत्ति विवरणमा देखिएको छ ।

अधिकारीको नाउँमा झापामा ४ ठाउँमा जग्गा रहेको छ भने ललितपुरको ५ ठाउँमा र मकवानपुरको एक ठाउँमा जग्गा रहेको छ । उनको ललितपुरको सैँबुमा २२०० वर्ग्फिटमा बनेको घरसमेत रहेको छ । अधिकारीले चल सम्पत्तिको रुपमा सुन २७ तोला, चाँदी ५० तोला र नगद १८ हजार रुपैयाँ रहेको उल्लेख गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाको खातामा भने १६ लाख रुपैयाँभन्दा बढी रकम रहेको उनले उल्लेख गरेका छन् । उनले विभिन्न कम्पनीहरुको एक करोड ७ लाख रुपैयाँमा किनेको सेयर रहेको बिवरणमा उल्लेख छ ।