निको भएका दुई जनामा पुनः कोरोना संक्रमण देखियो
काठमाडौं – निको भएर घर फर्किएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को पुनः संक्रमण देखिएको छ । रौतहटका एक युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदका जमातीमा पुनः संक्रमण देखिएको हो ।
रौतहटका युवक र भारतीय तीन जमाती नारायणी अस्पतालबाट वैशाख १४ गते डिस्चार्ज भएका थिए । छपकैयास्थित मस्जिदमा बस्दै आएका जमातीमा ३० चैतमा र भारतबाट आएका रौतहटका युवकमा १ वैशाखमा संक्रमण पुष्टि भएको थियो ।
उ
उनीहरुको स्वास्थ्य अवस्था सामान्य देखिएको वीरगन्जको नारायणी अस्पतालले जनाएको छ ।