डा. बाबुराम भट्टराईले मागे माफी !
काठमाडौं – जनता समाजबादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्ना मतदातामाझ माफी मागेका छन । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण जिल्ला तथा निर्वाचन क्षेत्रमा आउन नपाएको भन्दै मतदातासँग माफी मागेका हुन ।
सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै डा भट्टराईले विकास निर्माणका बारेमा केही गुनासा वा सुझाव सल्लाह भए इमेल मार्फत जानकारी गराउन पनि भनेका छन ।
फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘२०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा मैले वाचा गरे अनुसार म अविच्छिन्न रूपमा प्रत्येक महिना कम्तिमा एक पटक गृह जिल्ला (गोर्खा) निर्वाचन क्षेत्र पुग्ने गरेको यहाँहरूलाई अवगत नै छ । परन्तु पहिलो पटक घातक कोरोना महामारीका कारण लागू गरिएको लकडाउनको यो अवधिमा म तपाईंहरूका घरदैलोमा आएर सुखदुस्खका कुरा गर्न नपाएकोमा अत्यन्त दुस्खित र क्षमाप्रार्थी छु।’