नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार, २४ बैशाख २०७७

काठमाडौं – नेपालमा थप १७ जनामा कोरोनाभाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । उनीहरु सबै वीरगन्जका हुन ।

केन्द्रीय प्रयोगशालामा गरिएको पक्षिणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्त डा. विकास देवकोटाले बताए । उनीमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।

संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ जसमध्ये २२ जना उपचार पछि घर फर्किसकेका छन ।