उद्योगी व्यवसायीले आत्माहत्या गर्ने धम्की दिएपछि सरकारले चाल्यो यस्तो कदम

बिहिबार, २५ बैशाख २०७७

काठमाडौं – उद्योगी व्यवसायीहरुले यस्तै अवस्था रहिरहे आत्माहत्या गर्न बाध्य हुने धक्की दिए पछि सरकारले केही मागहरु सम्बोधन गरिदिएको छ । बुधबार नेपाली काँग्रेसले आयोजना गरेको उद्योगी व्यवसायीहरुसँगको छलफलमा व्यवसायीहरले आत्माहत्या गर्ने अबस्था आएको भन्दै धम्की दिएका थिए ।

उनीहरुले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई उद्योगधन्दा संचालनका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेसँगै उनीहरुका केही मागहरु सम्बोधन भएका छन ।

उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि त्यस्ता उद्योग सञ्चालन गर्ने निर्णय गरेको हो ।

खाद्यन्न र निर्माण सामाग्री उत्पादन गर्नेसहितका ४२ प्रकारका उद्योग सञ्चालन गर्न दिने निर्णय भएको उद्योग मन्त्रालयका उपसचिव वीरेन्द्र बस्नेतले जानकारी दिए ।

‘विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग तथा औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरुसहितका उद्योग सञ्चालनमा ल्याउने निर्णय भएको छ,’ उपसचिव बस्नेतले भने ।

उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्ने, मास्क, स्यानिटाइजरको प्रयोग गर्ने जास्ता सुरक्षाका अपानाउनुपर्ने प्रावधान राखिएको छ । सम्बन्धित उद्योगको पत्रको आधारमा उद्योगका गाडीहरु ढुवानीका लागि गुड्दा सुरक्षा निकायले नरोक्ने निर्णय पनि भएको छ ।

यी हुन खुल्ला गरिएका उद्योग