नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०१ पुग्यो
काठमाडौं – विहिबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कपिलबस्तुका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
केन्द्रीय प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा कपिलबस्तुका १६ र २२ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मनत्रालयका सहप्रबक्ता समिर कुमार अधिकारीले बताए ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।