आइपरे भारतसँग युद्धका लागि तयार हुनपर्छ : लालबाबु पण्डित

शनिबार, ३१ जेष्ठ २०७७

काठमाडौं – सत्तारुढ नेकपाका नेता लालबाबु पण्डितले भारतले आफ्नो दादागिरी नछोडे युद्धका लागि तयार हुनुपर्ने बताएका छन । नेपालीहरुकै कारण भारत स्वतन्त्र भएको भन्दै आणविक हतियार छ भन्दैमा नेपाल डराउन पर्ने अवस्थामा नरहेको उनको भनाई छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता पण्डितले नेपालीहरुले नै आणविक हतियारको रक्षा गरेको भन्दै त्यो विस्फोट हुने उनको भनाई थियो । नयाँ नक्सालाई संविधानमा समावेश गर्नका लागि भइरहेको संविधान संशोधनको प्रस्तावमाथि बोल्दै उनले लडेर भएपनि विर गोर्खालीले आफ्नो जमिन फिर्ता गर्ने बताए ।

नेपालले आफ्नो भुमि फिर्ताका लागि बार्ताको पहल गरिरहेको भएपनि भारतले कुनै चासो नदेखाकाले उपयुत्त कदन चाल्न पर्ने बताए । उनले पहिला नक्साको विषयलाई अन्तराष्ट्रियकरण गर्न पर्ने उनको भनाई थियो ।

यदी त्यसबाट पनि समाधान नभए भारतसँग युद्धका लागि तयार रहनुपर्ने बताए ।