एमसीसी पास गर्न खोजे संसद भवनमा बम बनेर पड्किने युवाहरुको चेतावनी

आइतबार, ३२ जेष्ठ २०७७

दाङ – दाङको तुलसीपुरमा स्वतन्त्र युवाहरुले एमसीसीको विरुद्धमा विरोध प्रदर्शनसहित कोणसभा गरेका छन । राजनीतिक पार्टीहरूलाई राष्ट्रघाती एमसीसी पास नगर्न खबरदारी गर्ने उदेश्यका साथ हातहातमा एमसीसी खारेजीको पम्प्लेटसहित तुलसीपुरको विपी चोकमा प्रदर्शनसहित कोणसभा गरेका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै हेमन्त प्रकाश वलीले एमसीसी सम्झौता हिन्द प्रशान्त रणनीतिकै अंग भएको र देशको हित विपरित भएकोले कुनैपनि हालतमा यो परियोजना संसदबाट पास गर्न नदिने चेतावनी दिए । यदि बलजफ्ती पास गर्न खोजे संसद भवनमा बम बनेर पड्किने चेतावनी दिए ।

अत्याधुनिक हतियार भण्डारण गर्ने, उत्पादित बिजुली नेपालभन्दा पहिले गोरखपुर लग्ने, परियोजनाका लागि जनशक्ति श्रोत साधनमा अमेरिकी एकाधिकार, कर तिर्न नपर्ने, दिल्ली र अमेरिकाले चाहेमा जुनसुकै बेला पनि सम्झौता रद्द गर्न सक्ने, बौद्धिक सम्पत्तिमा अमेरिकी एकाधिकार जस्ता विवादास्पद अनुसुचिले यो हितमा नभएको प्रष्ट हुने जिकिर गरे ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै अर्का वक्ता तेज प्रसाद पोख्रेलले एमसीसीमार्फत देश अमेरिकालाई बेचेर आफ्नै देशमा शरणार्थी भएर बाच्ने कुरा कति जायज छ भन्दै प्रश्न गरे । लेखापरीक्षणसम्म नेपालले गर्न नपाउने यो कस्तो सम्झौता हो ? उनले संसद भवन विदेशी जासुसले भरिएको उल्लेख गरे ।