पहिरोले ३ घर बगायो, ३ जनाको मृत्यु

आइतबार, ३२ जेष्ठ २०७७

काठमाडौं – पर्वतको कुश्मामा पहिरोले ३ घर बगाएको छ । कुस्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । ६ जना बेपत्ता छन् ।

पहिरोमा परि तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापाको मत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख विश्वराज अधिकारीले बताए ।
बेपत्तामा हुनेमा चार जना ९ देखि १६ वर्ष उमेर समूहका छन् । दुई जना अन्दाजी २८ र ३२ वर्षका व्यक्ति भएको अधिकारीले बताए ।

उनका अनुसार बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । पहिरो गएको क्षेत्रमा शनिबार भारी वर्ष भएको थियो ।