अब निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्ने, खर्च कसले गर्ने ?
काठमाडौं – सरकारले निजी प्रयोगशालाहरूलाई पनि कोरोना भाइरसको परीक्षण गर्न दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब स्वीकृति लिएर संकलन भएका नमूनाहरू प्रकृया पुरा गरी निजी प्रयोगशालाहरूलाई पनि जाँच्न दिइने बताएका हुन्।
निजी प्रयोगशालामा परीक्षण गर्दा लाग्ने खर्च स्वास्थ्य मन्त्रालयले नै व्यहोर्ने भएको छ। पछिल्लो समय सरकारी प्रयोगशालाहरूले परीक्षण धान्न नसकेपछि सरकारले निजी प्रयोगशालाहरूलाई समेत परीक्षण गर्ने अनुमति दिएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९ वटा निजी प्रयोगशालाहरूले परीक्षणको लागि आवदेन दिएका थिए।