कुवेतबाट उद्धार गरी ल्याएकी महिलामा कोरोना पुष्टि, अवस्था गम्भीर
काठमाडौं – कुवेतबाट आएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ २९ गते स्वदेश फर्किएकी एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कुवेत सरकारले जहाज चार्टर्ड गरी पठाइदिएको १०२ नेपालीमध्ये एक महिलामा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई जेठ २९ गते नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगिएको थियो ।
अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार उनको आईसीयूमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था गम्भीर छ ।