ओलीले बोलाएको संसदीय दलको बैठक बहिस्कार, नेपाल र खनाल पक्षका सांसदहरुको छुटै भेला
काठमाडौं – पार्टी संसदीय दलनका नेता केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठक बहिस्कार गरेका एमालेको माधब कुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु छुटै बैठकमा बसेका छन् । पार्टी संसदीय दलका नेता ओलीले आज बोलाएको दलको बैठक बालुवाटारमा सुरु हँदैगर्दा नेपाल–खनाल पक्षका सांसदहरु ललितपुरको हेरिटेज गार्डेनमा छुटै छलफलमा जुटेका हुन ।
माधव समुह मात्र नभइ ओलीले आयोजना गरेको संसदीय दलको बैठकमा नेता वामदेव गौतम समुह पनि नजाने भएको छ । गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले खबर आएको भए पनि नेता गौतमा संसदीय दलको बैठकमा भाग लिन बालुवाटार नजाने जानकारी दिए।