जनयुद्ध दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्छ : महासचिव विप्लव

सोमबार, १ फाल्गुन २०७९

कपिलवस्तु – नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले जनयुद्ध दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने बताएका छन् । जनयुद्ध दिवस अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै विप्लवले जनयुद्ध जनताको दिवस भएकाले राष्ट्रिय पर्बको रुपमा सबैले मनाउनु पर्ने धारण राखेका हुन् ।

विप्लवले नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय शिवगढी कपिलवस्तुमा आयोजित २८ औं जनयुद्ध दिवसलाई सम्बोधन गर्दे अधिकार नपाएको जनताको विद्रोह स्वरुप जनयुद्ध भएको उदघोष गरे ।
उनले भने ‘नेपालका सबै किसान, मजदुर, महिला, मधेशी, मुस्लिम आदीवासी, जानजाती लगायत सबैको मुक्तीको लागि भएको जनयुद्ध दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्छ ।’

अझै पनि केही नागरिकहरु जनयुद्धलाई अपमानितको रुपमा लिएको हुदाँ जनयुद्धलाई आलोचना गर्ने ब्यक्तिहरु पराजित मानसिकताको उपज भएको विप्लबको भनाई रहेको थियो । विप्लवले नागरिकको हक अधिकारका लागि सदैव एकजुट भइ जनक्रान्ती गर्नु पर्ने बताए ।

उनले फागुन ५ गते मिटरब्याजीको विरुद्ध र फागुन १५ गते लघुवितिय विरुद्ध देशभर विरोध गर्ने बताए । उनले प्रचण्ड, माधव कुमार नेपाल, केपी शर्मा ओलीसँग छलफल गरिरहेको सबै कम्युनिष्ट मिलेर जनक्रान्तीको बाटोमा अघि बढाउने बताए ।

नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा केन्द्रीय सदस्य भेषराज सीले माओवादीका कारण देशमा विकास भएको बताए । विना सघंर्ष केही उपलब्धि हासिल गर्न नसकिने भन्दै धर्ब सीले जनयुद्धको उपलब्धीलाई आत्मासात गर्नु पर्ने बताए ।

जनयुद्धमा १७ हजार जनाले कुर्बानी दिएकाले सबैले जनयुद्धलाई सहि ढङगबाट लिनु पर्ने बताए । कपिलवस्तुमै करिब १६ सय जना द्वन्द पीडित रहेको उनको भनाई थियो । उनले कपिलवस्तुका दक्षिणी भेगका केही मधेसी नेताले जनयुद्धमा होमिएका मधेसी नेपालीलाई शोषण गरेको समेत खुलाए ।

पोलिटब्युरो सदस्य असल सीले राष्ट्रियता जोगाउन र बर्गिय मुक्तीको लडाइँमा जनयुद्ध भएको बताए । उन भने, ‘‘भारतका गाडी नेपालमा निर्वाध रुपमा खुलेआम सन्चालन हुँदै आएको छ तर नेपालका गाडी धर्मिक स्थल अयोध्या समेत जान पाउदैन । भारतीय हस्ताक्षेपको विरुद्धमा लाग्नु पर्छ ।’

जनयुद्ध दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) का जिल्ला सदस्य खिमान सिहं परियार नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गका थिए । २८ औं जनयुद्ध दिवस कार्यक्रम नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा लुम्बिनी पश्चिम ब्युरो इन्चार्ज सन्जिव सीको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा केन्द्रीय सदस्य सुशील सी, केन्द्रीय सदस्य अडिग सी केन्द्रीय सल्लाहकार सन्ध्या सी, कपिलवस्तु पश्चिम जिल्ला अध्यक्ष हेमन्त सी केन्द्रीय प्रतिनिधि सदस्य रुषा सी र सहिद परिवार लगायतको अतिथ्यता रहेको थियो ।कार्यक्रम सन्चालक जिल्ला सचिव पाबेल सीले गरेका थिए ।