निषेधित क्षेत्रमा प्रर्दशन गरिरहेका मानवअधिकारकर्मीहरु पक्राउ
काठमाडौं— नयाँ बानेश्वर अगाडिबाट निषेधित क्षेत्र प्रर्दशन गरिरहेका मानव अधिकार तथा शान्ति समाजको संस्थापक अध्यक्ष कृष्ण पहाडीसहित मानवअधिकारकर्मीहरु पक्राउ परेका छन् ।
उनीहरु मानव अधिकार तथा शान्ति समाजले भोलि २ वटा एजेन्डाहरू लिएर विरोध प्रदर्शनमा उत्रिएका थिए ।निषेधित क्षेत्र प्रवेश गरी प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी जोसुकै भएता पनि कारवाही गरिनुनपर्ने र यस विषयमा संसद अडिग हुनुपर्ने मुख्य एजेन्डा राखेर प्रदर्शनमा उत्रिएका थिए । साथै चुरे दोहन रोकेर तराईलाई मरुभूमि हुनबाट जोगाउन माग गरेको थियो । विगतको राष्ट्रिय पंचायत जस्तो निर्देशनमा चल्ने नहोस् भनेर चेतावनी स्वरूपको विरोध प्रदर्शन गरिएको शान्ति समाजले जनाएको छ ।