एनआइसी एसिया बैंकमा खाता खोल्दै हुनुहुन्छ ? पख्नुहोस्…! यसरी फसाउँछ बैंकले
काठमाडौँ – नेपालको निजी क्षेत्रको सबैभन्दा ठुलो बैंक भन्दै आफूलाई सबैभन्दा पारदर्शी र उत्तरदायी बैंक भनेर हैवा पिटिरहेको एनआइसी एसिया बैंकका यी कुराहरु आँखा चिम्लेर विश्वास गर्नुभन्दा अगाडी उसको गफ र यथार्थ विचको वास्तविकतालाई बुझ्न जरुरी देखिएको छ ।
बैंक माथी विश्वास गरेर खाता खोलेका ग्राहक माथि सो बैंकले कसरी पङ्गु बनाउँदो रहेछ भन्ने प्रमाण मोटिभेट न्यूज डटकमले फेला पारेको छ । सो बैँकमा खाता रहेका एक जना ग्राहकले खातामा रहेको रकम झिक्नका लागि चेक लियर बैंकमा गए । खातामा रकम पनि थियो । खातावालाको हस्ताक्षर पनि ठिक थियो । मिति लगायत रकम झिक्नेले पुरा गर्नुपर्ने सम्पूर्ण कुराहरु ठिक थिए । तर पनि एनआइसी एसिया बैंक बागबजार शाखाले रकम झिक्न मिल्दैन भन्दै ग्राहकलाई फर्काइ दियो ।
आफूलाई अप्ठ्यारो परेको बेलामा रकम झिक्न नपाएपछि निरास भएका ग्राहकले के कारणले आफूले रकम झिक्न नपाएको हो भनी प्रश्न गर्दा बैंकको नै गैह्रजिम्मेवारी र बदमासिको खुलासा भएको छ । बैंकले ग्राहकलाई चेक दिदा चेकमा खातावालाको विवरण समावेश गरेको हुन्छ । त्यसपश्चात मात्र चेक लिएर गएपछि सो विवरण रुजु गरेर मात्र बैंकले रकम भुक्तानी गर्दछ । तर उक्त केशमा ति ग्राहकलाई एनआइसी एसिया बैंकको बागबजार शाखाले प्रमाणित गरेर दिएको चेकमा खातावालाको एक ठाउँमा चेक नम्बर समाबिष्ट थिएन । बैंकले रकम झुक्तानीका लागि छाप लगाइसकेको चेकमा मिल्दैन भन्दै फर्काइ दियो । बैंक पनि साथीपनि भन्दै विज्ञापन गरेको देखेर विश्वासका साथ खाता खोलेका ति ग्राहकले बैंकको ब्यबहारबाट निरास भएर फर्किए । र बाँकी चेकबुक हेर्दा झनै उदेक लाग्दो अवस्था देखियो । बाँकी चेक बुकमा त खाता वालाको कुनैपनि विवरणहरु समावेश थिएनन् ।
सो बैंकबाट लगातार दुख पाएपछि त्यसबारेमा सम्बन्धीत शाखामा बुझ्दा ग्राहकमाथी उल्टै बैंकका कर्मचारीले रुखो ब्यबहार गर्दै प्रिन्टि मिस्टेक भएको भन्दै अर्को चेक बनाउन उर्दी जारी गरे । त्यसो गर्दा कम्तीमा ति ग्राहकको तिन दिन समय खेर गयो । आफ्नो खातामा पैसा हुँदा पनि उल्टै बैंकको बदमासीले दुख पाएपछि ति ग्राहक अहिले सत्रुको पनि खाता एनआइसी एसिया बैंकमा नहोस भन्दै हिडेका छन ।
यो पनि पढ्नुहोस्

