नेपालले जित्यो आईसीसीको महत्वपूर्ण अवार्ड

बुधबार, २ साउन २०८१

काठमाडौं – नेपालले आईसीसीले प्रदान गर्ने महत्वपूर्ण अवार्ड जितेको छ । नेपालले ‘आईसीसी डिजिटज फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ जितेको हो ।

बुधबार आईसीसीले अवार्ड विजेताको घोषणा गरेको क्यानले जनाएको छ । नेपालमा क्रिकेटप्रेमीहरुको संख्या धेरै रहेको छ । जुन टीयू क्रिकेट मैदानदेखि नेपाली टोली टी २० विश्वकप खेल्न अमेरिका र वेस्ट इण्डिजमा पुग्दा पनि देखिएको थियो ।

विश्वकपअर्न्तगत नेदरल्याण्डस्‌विरुद्धको खेलमा नेपाली फ्यानले स्टेडियम भरिएको थियो । जुन देखेर नेदरल्याण्डस्‌का खेलाडीले प्रशंसा गरेका थिए ।