नेतृत्व गरेको केहि दिनमै ओली सरकारले रच्यो महत्वपूर्ण ईतिहास

बिहिबार, १० साउन २०८१

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले इतिहाँस रचेको छ। ओली नेतृत्वको सरकारले बिहिबार लीलादेवी गड्तौलालाई इतिहासकै पहिलो महिला मुख्य सचिव नियुक्त गर्दै इतिहाँस रचेको हो।

गड्तौला निजामती प्रशासनको नेतृत्व गर्ने पहिलो महिला भएकी छिन् । यसअघिका मुख्यसचिव डा बैकुण्ठ अर्यालमाथि भ्रष्टाचार मुद्दा लागेपछि उनी निमित्त मुख्यसचिव थिइन् । गड्तौलाको कार्यकाल भने छोटो हुनेछ ।मुख्यसचिव गड्तौलाले यही भदौ १५ गते अवकाश पाउँदै छिन् ।

गड्तौलालाई २०७७ कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट सचिवमा बढुवा गरिएको थियो । उनी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सहसचिव हुँदा बढुवा भएकी थिइन् । उनी न्यायतर्फकी सचिव हुन् ।