राष्ट्रबिरोधी अभिव्यक्तिले स्वर्णिम वाग्ले फेरि विवादमा

सोमबार, १४ साउन २०८१

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका सांसद डा. स्वर्णिम वाग्लेले संसदमा दिएको अभिव्यक्तिले फेरी विवादमा परेका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै एमालेका सांसदहरुले  रास्वपाले २०८० फागुन २१ गते आयोजना गरेको नीति मन्थन कार्यक्रममा डा. वाग्लेले दिएको अभिव्यक्ति  राष्ट्रविरोधी राष्ट्र बिरोधी भन्दै आपत्ति जनाएपछि वाग्ले फेरी विवादमा परेका हुन्।  वाग्लेले मोनरो डक्टिनबारे अभिव्यक्ति दिएर इतिहासमा कहिले पनि उपनिवेशमा नरहेको नेपालको अपमान गरेको उनीहरुको आरोप छ ।

एक जना नेपाली सांसदको मुखबाट कतै चर्चामा नभएको र भारतले पनि कतै उल्लेख नगरेको साउथ एशियन मोनरो डक्टिनको कुरा निस्कनु र त्यसलाई नेपालले बुझिदिनुपर्ने कुरा निस्कनु अत्यन्त लज्जास्पद र खेदजनक भएको भनाई छ । यस्तो कुराको आलोचना र भत्र्सना गरिनुपर्छ । उहाँहरुकै पार्टीका महामन्त्री मुकलजीले लगाएको आरोपहरु छ । मैले त्यसलाई पार्टीबाट निकालेकाले लगाएको आरोप होला भनेर गम्भीरतापूर्वक लिएको थिईनँ । तर, जब मैले यो भाषण सुनेँ, भाषणमै स्वर्णिमजी ‘भारत जाँदा भारतीय अधिकारीहरुसँग भेट भएको थियो । विभिन्न भएको थियो, भारतले कुरा बझिदिनुपर्छ । साउथ एसियन डक्टिन आयो । अब त्यसलाई बुझिदिनुपर्छ ।’ योभन्दा दुःखद् के हुनसक्छ रु’ उनले प्रश्न गरे ।

नेपाल अनादि कालदेखि स्वतन्त्र भूमिको रुपमा रहँदै आएको र लिच्छवी काल, किरात काल र मल्ल कालमा पनि स्वतन्त्र नै रहेकोसमेत उनले स्मरण गराए । सन् १९२३ मा मनरो डक्टिन आएको एक सय वर्षपछि चन्द्र शमशेरको पालामा नेपाल र ब्रिटेनबीच ‘नेपाल एउटा स्वतन्त्र र स्वाधीन देश हो’ भनी सन्धि भएको समेत उनीहरुको भनाई छ।  भनाइ छ ।