ममता बेपत्ता भएपछि श्रीमान नरेशले भाग्नका लागि गरेका रहेछन् यतिठूलो तयारी

आइतबार, ९ भाद्र २०८१

काठमाडौं – अमेरिकामा बेपत्ता नर्स ममता काफ्ले भट्टका श्रीमान् नरेशले उक्त घर बेचेर भाग्ने तयारी गरिरहेको प्रमाणहरु फेला परेका छन्। वासिङ्टन पोस्टको एक रिपोर्टमा  नरेशले उक्त घर बेचेर भाग्ने तयारी गरिरहेको प्रमाणहरु फेला परेका छन्।

उक्त समाचारमा प्रिन्स विलियम काउन्टीका एक अभियोजकलाई उद्घृत गर्दै भनिएको छ, ‘बेपत्ता नर्स ममताका पतिले आफ्नो टेस्ला कार बेचेका थिए। सुटकेसहरू प्याक गरेका थिए र आफ्नी श्रीमती बेपत्ता भएपछि आफ्नो घर बेच्ने विषयमा केही व्यक्तिसँग कुरा गरेका थिए।’

अमेरिकामा बेपत्ता नर्स ममता काफ्ले भट्ट अझै बेपत्ता छिन्। प्रहरीले उनको घरको बेडरुम र बाथरुममा भेटेको रगत, उनले किनेका तीनवटा चक्कु र अन्य प्रमाणमा आधारमा ममता जिउँदो नहुन सक्ने निर्क्यौल निकालेको छ।

उनका श्रीमान् नरेश भट्टलाई पक्राउ गरेको छ । ममताको ‘हत्या भएकोु हुन सक्ने प्रमाण प्राप्त भएपनि शव बरामद गर्न प्रहरी अझै सफल भइसकेको छैन। यही कारण प्रहरी अधिकारीहरूले उनी भाग्ने प्रयासमा रहेको निष्कर्ष निकालेका छन्।