माधव नेपाल सचिवालयको यस्तो खतरनाक चलखेलले पराजित भएकी रहेछिन् रामकुमारी

बुधबार, १२ भाद्र २०८१

काठमाडौँ – एकीकृत समजवादीका अध्यक्ष माधव  \नेपालको प्यानलमा रहेकी झाँक्रीलाई सोही समूहले नरुचाउँदा उनले अनपेक्षित पराजय व्यहोर्नु परेको छ ।

अध्यक्ष नेपालकै सचिवालयबाट झाक्रीको नाम काटिएको २ ओटा उम्मेदवार लिस्ट बाँडेपछि  उनि पराजित भएकी हुन्।   सुरुमा स्वकीय सचिव मोहन गौतमले लक्ष्मण केसीलाई छुटाएर एउटा लिस्ट बाँडे । त्यो थाहा पाएपछि केसीले अध्यक्ष नेपालकै हवाला दिँदै अर्को लिस्ट बाँडे । ती दुवै लिस्टमा महिला उपाध्यक्ष उम्मेदवारमा झाँक्रीको नाम थिएन । संस्थापन पक्षकै दुई लिस्ट भेटिएपछि सोध्न केही नेताले अध्यक्ष नेपाललाई फोन पनि गरेका हुन् । तर, उनी संसदमा भएकाले फोन उठाएनन् ।

अध्यक्ष नेपाल संसदबाट फर्किएपछि संस्थापन प्यानलका नाममा दुई लिस्ट बाँडिएको र झाँक्रीको नाम काटिएको थाहा पाए । झोक्किँदै उनले आफ्नो समूहका नेताहरूलाई तत्काल सच्याउन निर्देशन दिए । तर, त्यतिञ्जेलसम्म ढिलो भइसकेको थियो । केही मिनेटमै महिला उपाध्यक्षमा झाँक्रीसहितको नयाँ लिस्ट म्यासेजबाट पठाइयो । त्यतिन्जेलसम्म झण्डै ७५ प्रतिशत मतदान भइसकेको थियो ।

अध्यक्ष नेपालकै सचिवालयबाट नेतृ झाँक्रीप्रति वैरभाव किन देखाइयो रु एकीकृत समाजवादीको संस्थापन पक्षका एक नेताका अनुसार, झाँक्री ढिलोचाँडो एमालेमा फर्किन्छिन् भन्ने आशंका धेरै नेता–कार्यकर्तामा छ । पछिल्ला केही अन्तर्वार्ता र सार्वजनिक अभिव्यक्तिले पनि उनी एमालेप्रति नरम सुनिन थालेकी छिन् ।

पदाधिकारी निर्वाचनको ठीक एक साताअघि एक अन्तर्वार्तामा उनले अहिलेकै स्थितिमा समाजवादी पार्टी चलाउनुभन्दा एमालेसँग मर्ज गर्नु उपयुक्त हुने बताएकी थिइन् । त्यस्तै, अध्यक्ष नेपालको माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पार्टी एकताबारे छलफल चलिरहेका बेला नेतृ झाँक्रीले माओवादीसँग एकता भए बहुसंख्यक नेता कार्यकर्ता एमालेमा फर्किने दाबी गरेकी थिइन् ।

पार्टीमा भूमिका नदिइएको भन्दै नेतृत्वविरुद्ध अभिव्यक्ति दिँदै आएकी झाँक्रीलाई अध्यक्ष नेपालले समेट्न चाहे पनि संस्थापन पक्षका बहुसंख्यक नेताहरूले नरुचाउँदा उनी पराजितभईन् ।