रास्वपामा कारवाहीको डण्डा चलेको चलै, रविले गरे अर्का महामन्त्रीलाई पनि बर्खास्त
काठमाडौँ – रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा नेताहरुमाथि एकपछि अर्को कारवाहीको चलिरहेको छ। केहिदिन अघिमात्र पार्टीका केन्द्रीय महामन्त्री मुकुल ढकाललाई निस्कासन गरेका रविले सुदूरपश्चिम प्रदेश महामन्त्री पारस बाहुनलाई समेत बर्खास्त गरेका हुन् । बाहुन गत मंसिर १३ गते महामन्त्री नियुक्त भएका थिए।
संगठन र नेतृत्वलाई असहज, असफल बनाउने विविध क्रियाकलाप गरेपछि बर्खास्त गर्नुपरेको प्रदेश रास्वपाले जनाएको छ। बाहुनलाई भदौ १० गते स्पष्टीकरण सोधिएको थियो। ७२ घण्टाभित्र स्पष्टीकरण दिन भनिएकामा उनले जवाफ पनि दिएका थिए।
तर स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएकाले बिहीबारदेखि लागू हुने गरी प्रदेश महामन्त्री पदको जिम्मेवारीबाट मुक्त गरेको रास्वपा सुदुरपच्चिमले जनाएको छ।