काठमाडौंमा भेटियो खतरनाक चोर !
काठमाडौं काठमाडौंमा एक जना खतरनाट चोरलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको अनामनगरबाट चोर गरि भाग्ने क्रममा सुनसरीका कृतन राईलाई पक्राउ गरेको हो ।
अनामनगरस्थित निशान भन्ने खगेन्द्र श्रेष्ठको सगरमाथा प्रदुषण नियन्त्रण समितिको शाखा कार्यालयमा कोही नभएको अवस्थामा कार्यालयको ढोका फोडेर दराजभित्र रहेको नगद ६ लाख रुपैयाँ चोरी झ्यालबाट हामफालेर भाग्ने क्रममा स्थानीयबासी र महानगरीय प्रहरी बृत्त सिंहदरवारबाट खटिएको प्रहरी टालीले नगद सहित पक्राउ गरेको हो ।
राई यस भन्दा पहिला पनि पटक पटक चोरीको सामान सहित पक्राउ परी मुद्धा चलाएको र चोरीको सामान ल्यापटप सहित पक्राउ पर्दा चोरी मुद्धामा २ वर्षको कैद भुक्तान गरी १ महिना अघि छुटेका थिए ।