पेरिसडाँडाबाट प्रचण्डले भने, ‘अब ओलीले जनताको राउण्ड किक भेट्छन्’

बिहिबार, २० भाद्र २०८१

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री  ओलीले अब जनताको राउण्ड किक भेट्ने बताएका छन्। माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित सहिद शेरमान कुँवर र मोहनचन्द्र गौतमको २०औँ स्मृति दिवस कार्यक्रममा बोल्दै प्रचण्डले ओलीले आँफुलाई  राउण्ड किक हानेर निकाइदिएको भन्ने अभिव्यक्तिको प्रतिवाद गर्दै जनताले झापड हान्ने बताएका हुन्।

उनले भने, “प्रचण्डलाई राउन्ड किक हानेको भनेर पनि बोलेछन्, प्रधानमन्त्रीमा बसेका मान्छेले,” उनले भने, ‘अब जनताको राउन्ड किक कस्तो हुन्छ तिनले देख्नेछन् । उनले केपी ओलीले त मलाई राउन्ड किक हानेका रहेछन्, जनताको राउन्ड किक उनले देख्नेछन् भन्ने म ठान्छु ।”

सरकारमा रहेका दलका नेताहरूले हिंसा भन्ने दुष्साहस गरेको भन्दै उनले जनतामा गएर भन्डाफोर गर्नुपर्नेमा जोड दिए ।सरकारमा रहेका दलका नेताहरूले ‘जनयुद्ध’को अवमूल्यन गर्न खोजेकाले भन्डाफोर गर्नुपर्नेसमेत  बताए ।

सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर उक्त संघर्षमाथि धावा बोल्ने छुट कसैलाई नभएको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रचण्डलाई राउन्ड किक हानेको’ भनेर बोलेको आफूले सुनेको उनले उल्लेख गरे । अब जनताको राउन्ड किक उनीहरूले देख्ने प्रचण्डको भनाइ छ ।